काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीबाट काँग्रेस-एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन्। शुक्रबार (आज) दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘तपाईँहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या कम भएर काँग्रेस एमालेले हटाए भनेर। तर, मलाई हटाउन काँग्रेस र एमालेका नेताहरूले भन्दा पनि भू-माफिया, बिचौलिया, दलालहरूले हटाएका हुन्। मैले गरेको कामको कारण आफ्नो भविष्य अँध्यारो देखेपछि काँग्रेस(एमालेका नेताहरूलाई आफ्नो घर, होटेल बोलाएर प्रचण्डलाई हटाइएन भने तपाईँहरू पनि र हामी पनि सकियौँ भनेर भने पनि मलाई हटाइयो, ’उनले भने।
अगाडि उनले भने, ‘मैले गरेको काम दलाल पुँजीपतिहरूलाई मन परेन। मैले गरेको काम भ्रष्टाचारहरूलाई मन परेन। प्रचण्ड नेतृत्वमा रहिरह्यो भने हाम्रो दिन सकियो भनेर भ्रष्टाचारीहरू डराए। भू-माफियाहरूलाई मन परेन। सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका कामहरूलाई मन परेन। सेटिङमा काम गर्ने एकरदुई दर्जन मान्छे छन् र बिना मेहनत करोडौँ लुट्छन्। उनीहरूले मेरो नेतृत्वको सरकार ढाले।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड