काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्रीबाट काँग्रेस-एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन्। शुक्रबार (आज) दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘तपाईँहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या कम भएर काँग्रेस एमालेले हटाए भनेर। तर, मलाई हटाउन काँग्रेस र एमालेका नेताहरूले भन्दा पनि भू-माफिया, बिचौलिया, दलालहरूले हटाएका हुन्। मैले गरेको कामको कारण आफ्नो भविष्य अँध्यारो देखेपछि काँग्रेस(एमालेका नेताहरूलाई आफ्नो घर, होटेल बोलाएर प्रचण्डलाई हटाइएन भने तपाईँहरू पनि र हामी पनि सकियौँ भनेर भने पनि मलाई हटाइयो, ’उनले भने।
अगाडि उनले भने, ‘मैले गरेको काम दलाल पुँजीपतिहरूलाई मन परेन। मैले गरेको काम भ्रष्टाचारहरूलाई मन परेन। प्रचण्ड नेतृत्वमा रहिरह्यो भने हाम्रो दिन सकियो भनेर भ्रष्टाचारीहरू डराए। भू-माफियाहरूलाई मन परेन। सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका कामहरूलाई मन परेन। सेटिङमा काम गर्ने एकरदुई दर्जन मान्छे छन् र बिना मेहनत करोडौँ लुट्छन्। उनीहरूले मेरो नेतृत्वको सरकार ढाले।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’