काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् ।
केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । ‘पाइपमा पानी परीक्षण सफल भयो । अब केहीबेरमा बन्द भएको क्षेत्रका घरघरमा सप्लाइ पनि गर्छौं,’ मन्त्री यादवले भने ।
बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री यादव माथी छानबिन माग गदै इन्जिनियरले दर्ता गराए उजुरी