काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न समुदायका छात्रहरूलाई सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले ५ करोड बढीको छात्रवृत्ति दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा दलित, मुसलमान, विपन्न तथा सिमान्तकृत समुदायका ३६० जनालाई ४ करोड ५० लाखको छात्रवृत्ति दिइएको जनाएको छ ।त्यस्तै, सीटीईभीटीले प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका १२० छात्रहरूलाई १ करोड ४४ लाखको छात्रवृत्ति दिएको छ ।
आवासीय छात्रवृत्तिसहित प्रशिक्षण निरन्तरताका कार्यक्रमहरू ५१ वटा शिक्षालयमा १ हजार ३ सय ५६ जनालाई १८ करोड ४० लाखको छात्रवृत्ति दिइएको छ ।शिक्षा मन्त्रालयका अनुसार छात्रवृत्तिले लक्षित समुदायका छात्रहरूलाई सीप र ज्ञानसँगै अवसरहरू सिर्जना गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० माघ २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा