डडेल्धुरा। डडेल्धुराका स्थानीय तहहरूले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरूलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ । सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो ।
तीन महिने सो तालिमले उनीहरूलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडा अध्यक्ष क्षेत्रीले बताए ।
त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाई कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् ।
स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ ।
सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क प्रदान गरिएकाले सीप सिक्नमा महिलाको आकर्षण देखिएको कार्यालय प्रमुख केसवराज भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ