चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसवर्षको अन्तिम महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवशेनमा सहभागी हुन नपाउने बताएका छन् ।
महाधिवशेनको वर्ष नवीकरण गर्न नपाउने विधानको व्यवस्था भएपनि सधैं महाधिवेशन नजिक हुँदै आएको उनले बताए । २०८४ को चुनाव नजिक नहुने गरी महाधिवेशन गर्ने तयारी गरिरहेको उनले सुनाए ।
पार्टीभित्र महाधिवेशन चाहने र नचाहने गरी पार्टीभित्र विभाजित गर्ने कार्य नगर्न उनले नेता कार्यकर्तालाई सुझाव दिए। चितवनको खैरहनी सोमबार बोल्ने क्रममा महामन्त्री थापाले भने,‘चैतबाट क्रियाशील सकौं । बैशाखबाट छोटो समयका लागि नयाँ क्रियाशील सदस्यता वितरण गर्छौं ।’
महाधिवेशनका लागि कोही पनि अल्मिलनु नपर्ने उनले बताए । २०८४ पछि महाधिवेशन गर्न पाइन्छ कि भनेर कतिपयले भने पनि चुनाव पछि लान नमिल्ने उनले बताए।‘त्यो भन्ने नेताहरुले पनि मनमा पाप भएर भन्नुभएको होइन। चुनावको नजिक नजिक महाधिवेशन गर्दा धेरै भाँडभैलो होला भनेर कि धेरै अगाडी गरौ कि पछि गरौं भन्नुभएको हो । २०८४ पछि महाधिवेशन गर्न संविधानले पनि दिँदैन।’
कतिपयले सानो पार्टी ल्याएर टाँसिदिए महाधिवेशन चुनाव पछि सार्न तर्क राखेको पनि सुनिएको उनले बताए। त्यस्तो अवस्था कुनै पार्टी विघटन गरेर अर्कोसँग मिले मात्रै सम्भव हुने थापाले बताए।
महामन्त्री थापाले चैतभित्र महाधिवशेन नगर्ने भ्रातृ संस्थाको म्याद नथप्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी
अमरेशकुमारसँग साढे छ हजार मतले पछाडि गगन थापा
सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि
कांग्रेस सभापति गगन थापाले गरे मतदान