काठमाडौं। हामासले गाजा क्षेत्रबाट शनिबार थप ३ इजरायली बन्धकलाई रिहा गर्ने तयारी गरेको छ। हामासले ती बन्धकहरूको नाम एली शाराबी, ओहद बेन अमी र ओर लेभी रहेको जनाएको छ।
यसअघि जनवरी १९ मा युद्धविराम शुरू भएयता १८ बन्धक रिहा भइसकेका छन्। इजरायलले हालसम्म ३८३ प्यालेस्टिनी कैदीहरूलाई मुक्त गरेको छ भने शनिबार थप १८३ कैदीलाई रिहा गर्ने बताएको छ।
युद्धविरामको पहिलो चरण ३ सातासम्म जारी रहनेछ, जसअनुसार ३३ इजरायली बन्धक र १,९०० प्यालेस्टिनी कैदीहरूको रिहाइ गरिनेछ। इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ८ बन्धकको मृत्यु भइसकेको छ।
नेपाली नागरिक विपिन जोशी अझै हमासको नियन्त्रणबाट रिहा भएका छैनन् । नेपालले विपिनको रिहाइका लागि पहल गरिरहेको छ । विपिनको सम्बन्धमा आजसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु
हमासद्वारा थप तीन इजरायली बन्धक रिहा
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु
गाजामा इजरायली आक्रमण, १२ जनाको मृत्यु