पोखरा । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । पोखराको ब्रिटिश क्याम्पमा आज बिहान आयोजित समारोहमा हिन्दु धर्मशास्त्र अनुसार स्वस्तिशान्ति मन्त्र बाचनपछि राजकुमार दम्पतीले नेपाली जवानलाई सपथ खुवाएका हुन् । साथै उनले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् ।
राजकुमार एडवार्ड दम्पत्ति हिजो टाइगर माउन्टेन लजमा बास बसेका थिए । त्यहाँबाट हिमश्रृङ्खला अवलोकन गरेर उनी दीपस्थित ब्रिटिश क्याम्पमा आइपुगेका हुन् ।राजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् ।
उनी आज लुम्ले गाउँ भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र आज चन्द्रकोट भन्ने गाउँमा बास बस्ने कार्यतालिका छ । निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पति गत मंगलबार काठमाडौं आएका थिए । उनीहरु यही माघ २७ गते स्वदेश फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि