काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने बताइएको छ ।
पार्टीले अध्यादेश अध्ययन गर्न कार्यदल नै गठन गरेको थियो । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार सरोकारवालासहितसँगको छलफल गरेको छ ।
कार्यदल संयोजक यादवले आज पार्टीलाई प्रतिवेदन बुझाउने बताए । अध्यादेशको पक्ष वा विपक्षमा उभिने भन्ने आधिकारिक निर्णय पार्टीले नै गर्ने यादवको भनाइ छ ।
‘सरकारलाई एकपटक सचेत गराउँदै भविष्यमा अध्यादेशको माध्यमबाट मात्रै सरकार सञ्चालन गर्ने प्रवृत्तिको बढवा नहोस् । त्यसैलाई निरुत्साहित गर्नुपर्छ भन्ने नै हो ’, यादवले भने, ‘अध्यादेशको कन्टेनको आधारमा प्रतिवेदन तयार गरेर आज निर्णयमा पुग्छौ ।’
उनले केही अध्यादेश सकारात्मक भए पनि केहीमा गम्भीर प्रकारको आपत्ति रहेको भन्दै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश