काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण सम्बन्धमा देखिएका समस्याबारे कांग्रेसका कोशी प्रदेशका १४ जिल्ला सभापतिहरू छलफल गरेका छन् ।
केबलकार निर्माणबारे देखिएका विवादबारे उनले मंगलबार बिहान जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् । गृहमन्त्री लेखकले विवाद देखिनुको कारण र समाधानका उपायबारे नेताहरूसँग जिज्ञासा राखेका थिए । जिल्ला सभापतिहरूले संवादबाटे समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा सरकारले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ । सरकाद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
मङ्गलबार बिहान ११ बजे पुनः वार्ता बस्ने गरीवार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएको उनले बताए ।
गत माघ १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका–११, बलुडाँडामा झडप भएपछि आन्दोलन उग्र बनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
राज्य व्यवस्था समितिको सभापति चयन : कांग्रेसभित्र चर्को तानातान
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित