काठमाडौँ । भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिएर आइतबार राति इन्टरनेटमा समस्या आएको नेपाल टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको भारती एयरटेल लिमिटेडको उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको जनाएको हो ।
सोही कारणले गएराति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान दिवसमा टेलिकमको अफरै अफर
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त