काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वर्ल्ड स्कुुलद्वारा आज आयोजित ‘युवा अन्तक्र्रिया कार्यक्रम’ मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे ।
उनले भने, विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुुपर्छ ।’
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए। विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र अशल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।
नेपालको भलाइका लागि तपाईँले देखेको सबैभन्दा ठुलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरुले उहाँका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा