काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन् । सोमबार काठमाडौँको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिने र मौरीको संगत गर्दा फूलबारीमा पुगिने कुराको सधैँ हेक्का राख्नुपर्ने जिकिर गरे ।
‘गलत संगतमा कहिल्यै नजानुस् । गलत ठिक छैन भन्ने बित्तिकै छाडिदिनुस् । संगठन टिक गर्नुस् । मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘झिँगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिँगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुटाउनुपर्छ, मह जम्मा गर्ने कि कीटाणु जम्मा गर्ने भनेर ।’
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्ने कुरा ध्यान दिनुपर्ने बताए । काम सुरु गर्दा नै त्यसको परीक्षण गर्नुपर्ने बताउँदै यदि उक्त काम बेठिक छ भने तुरुन्तै छाडिदिन पनि प्रधानमन्त्री ओलीले युवाहरूलाई आग्रह गरे ।
‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ । यदि ठिक छैन भने तुरुन्तै छाडिदिन्छु,’ प्रधानमन्त्री ओलीको आग्रह छ, ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले जीवन अनन्त नबाँचिने उल्लेख गर्दै हरेक समयको मूल्यवान् हुने बताए । ‘जिन्दगी अनन्त बाँचिने होइन । त्यसकारण हाम्रो जीवनको हरेक समय मूल्यवान् छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो