एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा एक पोस्टमा यो कुरा बताएका हुन्।
पदभार ग्रहण गर्ने बित्तिकै धेरै देशहरूमा कर लगाउनुका साथै विदेशमा दिइने सहायता बन्द गरेका ट्रम्पले अफ्रिकालाई दिइने सहयोग समेत रोक्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले भने, 'दक्षिण अफ्रिकाले केही समूहका मानिसहरूलाई नराम्रो व्यवहार गरेर मानव अधिकार उलंघन गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो ।'
उक्त देशले खुलेआम मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाउँदै उनले भने, 'अमेरिकाले यो सहने छैन र यसको विरुद्ध कारबाही गर्नेछ।'
राष्ट्रपति ट्रम्पले अगाडि भने, 'परिस्थितिको अनुसन्धान नभएसम्म म दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहयोग रोक्नेछु।'
यसअघि ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा २५ प्रतिशत भन्सार लगाएका थिए।
अमेरिकी सरकारको तथ्याङ्क अनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलरको सहायता दिएको थियो।
आफ्नो पहिलो कार्यकालमा, राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको अनुसन्धान गर्ने वाचा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ माघ २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प