काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ । यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्याङ्गर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता अभिवृद्धिका लागि पूर्वाधार विस्तारका काम जारी रहेको छ । पछिल्लो तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको छ ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ