एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।
ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ।
राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए।
मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्।
यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्।
उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ माघ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी