एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।
ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ।
राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए।
मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्।
यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्।
उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ माघ २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?