काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (शनिबार) देखि सुरु हुँदैछ । बैठक दुई दिनसम्म चल्ने बताइएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठकको तयारी भएको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशा बारे छलफल र करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ ।
यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पुस र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।
कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ—आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
मधेश केन्द्रीत दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी