कोलम्बो । श्रीलंकाले सवारी साधनको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । यसलाई राष्ट्रपतिलाई नै हटाउने गरी चरम आर्थिक संकटबाट गु्रजिएको श्रीलंकाली अर्थतन्त्र सामान्य बनेको संकेतका रुपमा हेरिएको छ ।
फेब्रूअरी १ देखि बस, ट्रक, युटिलिटी भेइकलको आयातलाई अनुमति दिइनेछ । अन्य खालको सवारी साधनमाथिको प्रतिबन्ध पनि विस्तारै हट्दै जाने विश्वास गरिएको छ । कयौँ श्रीलंकालीहरूले ट्याक्सीको रुपमा प्रयोग गरिने निजी कार, स्पोर्ट्स युटिलिटी भेइकल, तीन पाङ्ग्रे सवारी साधन आदिको आयातमा लगाएको प्रतिबन्धको फुकुवा कुरिरहेका छन् ।
नयाँ उपलब्धि नभएपछि प्रचलनमा रहेका सवारी साधनको मूल्य आकासिएको छ । कमजोर स्थानीय मुद्रा र उच्च करका कारण आयात नै खुलाएपनि श्रीलंकालीहरूले सवारी साधन किन्न सक्लान् भन्ने प्रश्न पनि उठिरहेका छन् ।
विदेशी मुद्राको चरम संकटका कारण २०२२ मा इतिहासमै पहिलो पटक श्रीलंका डिफल्टमा गएको थियो । आयातको लागि पैसा नभएपछि खाद्यान्न, इन्धन र औषधिको समेत चरम अभाव भएको थियो । सरकार विरोधी प्रदर्शनमा तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्ष देशै छाडेर भाग्न बाध्य भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंका पूर्वमन्त्री राजापाक्षे भ्रष्टाचारको आरोपमा पक्राउ
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि