काठमाडौं। उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद छल्न अध्यादेश नल्याएको बताएका छन् । शुक्रबार अर्थ समितिमा आयोजित छलफलमा उठेको प्रश्नको जफाव दिँदै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
उनले भने, ‘अध्यादेश गैरकानूनी र गैरसंवैधानिक अभ्यास होइन, संविधानले गरेको प्रबन्ध अनुरुप नै हामी अध्यादेशको बाटोमा हिँडेका हौं।’ अध्यादेश संविधानसम्मत रहेको भन्दै उनले सरकारले संसद छल्न सम्भव नै नरहेको बताए।
उनले भने, ‘संसद छलेर अध्यादेशको जिवन रहन्छ त ? जबकी हाम्रो प्रावधान नै त्यो अध्यादेश ६० दिन भित्र संसदमा प्रस्तुत भएर पारित हुनुपर्छ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट