बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशन अन्तर्गत बुटवलमा भएको मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीका अनुसार पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए ।
सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए । दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली, उपेन्द्र गुप्ता, पूर्णबहादुर थापा, राजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् । अध्यक्ष पाण्डेय दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष