काठमाडौं। कारागारबाट भागेका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । वैदेशिक रोजगार ठगी मुद्दामा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तोकिएका गोङ्गबुका पेशलराज बुढाथोकी २०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए ।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार गोङ्गबुबाटै पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुढाथोकीविरुद्ध २०६६ फागुन २५ मा काठमाडौं जिल्ला अदालतले तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उनलाई कैद सजाय भुक्तानीको लागि डिल्लीबजार लगिएको थियो । उनी कारागारबाट भागेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ