काठमाडौं। कारागारबाट भागेका एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । वैदेशिक रोजगार ठगी मुद्दामा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तोकिएका गोङ्गबुका पेशलराज बुढाथोकी २०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए ।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार गोङ्गबुबाटै पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुढाथोकीविरुद्ध २०६६ फागुन २५ मा काठमाडौं जिल्ला अदालतले तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उनलाई कैद सजाय भुक्तानीको लागि डिल्लीबजार लगिएको थियो । उनी कारागारबाट भागेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मोटरसाइकल चोरेको आरोपमा २ युवक पक्राउ