तिहारमा सकेजति बत्ती बाल्न पाइने

पत्रपत्रिकाबाट

बुधबार, १४ कार्तिक २०७५, ०८ : १९
तिहारमा सकेजति बत्ती बाल्न पाइने

काठमाडौं  ।  यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार आज प्रकाशित घटना र विचार साप्ताहिकमा समाचर छापिएको छ । 

नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो । 

तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ । 

यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस