काठमाडौ । नेपालमा नर्सिङ अध्ययन गर्न चाहनेहरूको सङ्ख्या अधिक भए पनि नेपालमै बसेर काम गर्न दृढ नर्स भेट्टाउन मुस्किल हुँदै गएको छ ।
नेपालमा अध्ययन गरेका प्रायः नर्सको सपना विकसित देशमा गएर सेवा गर्ने बन्दै छ ।
पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडालगायत युरोपियन मुलुकका अलावा खाडी मुलुकमा समेत नेपाली नर्सहरू पलायन हुँदै छन् । विशेष गरी नेपालमा नर्सको तलब, सुविधा अत्यन्त न्यून रहेका कारण नर्सहरू बिदेसिन बाध्य भएका हुन् ।
निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौँको एक निजी अस्पतालमा बर्सौं काम गरिन्। उक्त अस्पतालमा उनको तलब १९ हजार रुपियाँ मात्र थियो । १९ हजार तलबले घरखर्च चलाउन मुस्किल भएपछि उनी छ महिनाअघि मात्र साउदीमा काम गर्न गएकी छन् । साउदीमा उनको न्यूनतम तलब नेपाली एक लाख ५० हजार छ ।
यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ भने खानका लागि आफैँले खर्च गर्नु पर्दछ । गोरखापत्रमा विस्तृतमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ माघ २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी