काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेका छन् । सोमबार दुई नेताबीच फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कुराकानीपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको दुई नेताहरूले अमेरिका र भारतबीचको सहयोगलाई सुदृढ पार्ने र बढाउनेबारे छलफल गरेको उल्लेख छ।
दुवैले इन्डो-प्यासिफिक, मध्य पूर्व र युरोपको पछिल्लो अवस्थाबारे छलफल गरेको बीबीसी हिन्दीले जनाएको छ । पारस्परिक हितका व्यावसायिक मुद्दामा पनि छलफल भएको समाचारमा उल्लेख छ । यसअघि प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुराकानी भएको बताएका थिए ।
यसअघि ट्रम्पको शपथ ग्रहणको एक दिनपछि भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गरेका थिए । मार्को रुबियोले अमेरिका आर्थिक मोर्चामा भारतसँग काम गर्न इच्छुक रहेको बताएका थिए।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले अमेरिकासँग राम्रो र बलियो सम्बन्ध स्थापित गर्न प्रयास गर्ने बताएका थिए । अमेरिकी राष्ट्रपतिले मोदी फेब्रुअरीमा अमेरिकाको भ्रमण गर्ने अपेक्षा गरिएको बताएका छन् । यद्यपि भारतको विदेश मन्त्रालयले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ माघ २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प