एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् ।
कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएको थिएन । आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको कोलम्बियाले बताएको थियो ।
कोलम्बिया सरकारको यो कदमपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल सञ्जाल ट्रुथ सोसलको एक पोस्टमा भनेका छन्, “हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ । कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित अपराधीहरूलाई फिर्ता लिनुपर्छ ।”
उनले अमेरिकाले कोलम्बियाका अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनीहरूको भिसा तत्काल रद्द गरिने उनले बताएका छन् । यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा पनि लागु हुनेछ ।
यसअघि ट्रम्पले भनेका थिए, “उनी कोलम्बियामा पनि २५ प्रतिशत ट्यारिफ लगाउनेछन् र एक साताभित्र यो ट्यारिफ बढेर ५० प्रतिशत पुग्न सक्छ ।”
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा अमेरिकामा पनि २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
यसअघि आइतवार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “नागरिक विमानबाट हाम्रा नागरिकको फिर्ता स्वीकार हुनेछ । उनीहरूलाई अपराधी जस्तै व्यवहार गर्नु हुँदैन ।” आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता पठाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ माघ २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?
इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी
मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम