एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् ।
कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएको थिएन । आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको कोलम्बियाले बताएको थियो ।
कोलम्बिया सरकारको यो कदमपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल सञ्जाल ट्रुथ सोसलको एक पोस्टमा भनेका छन्, “हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ । कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित अपराधीहरूलाई फिर्ता लिनुपर्छ ।”
उनले अमेरिकाले कोलम्बियाका अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनीहरूको भिसा तत्काल रद्द गरिने उनले बताएका छन् । यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा पनि लागु हुनेछ ।
यसअघि ट्रम्पले भनेका थिए, “उनी कोलम्बियामा पनि २५ प्रतिशत ट्यारिफ लगाउनेछन् र एक साताभित्र यो ट्यारिफ बढेर ५० प्रतिशत पुग्न सक्छ ।”
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत ट्यारिफ लगाएको प्रतिक्रियामा अमेरिकामा पनि २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।
यसअघि आइतवार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, “नागरिक विमानबाट हाम्रा नागरिकको फिर्ता स्वीकार हुनेछ । उनीहरूलाई अपराधी जस्तै व्यवहार गर्नु हुँदैन ।” आप्रवासीहरूलाई सम्मानका साथ फिर्ता पठाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ माघ २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प