काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनीता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् ।
प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।
उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् । २४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।
सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टीकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन् ।
सो विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला