काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्याएका छन् । यसो हुनसके क्यानडा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौँ’ उनले भने ।
ट्रम्पले अगाडि थपे, ‘तपाईँलाई थाहा छ, म सधैँ भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न सक्छ। राज्य बन्दा व्यापार घाटा हुने छैन र हामी टारिफ लगाउने छैनौँ ।’उनले वर्षौँदेखि क्यानडासँगको सम्झौता अप्ठ्यारो काम बन्दै आएको तर्क गरे । ‘यो न्यायसंगत छैन कि २०० अर्ब वा २५० अर्ब डलरको व्यापार घाटा होस्। हामीलाई आफ्ना गाडी बनाउन क्यानडा चाहिँदैन’ उनले भने, ‘हामीलाई उनीहरूको तेल र ग्यासको आवश्यकता छैन। हामीसँग यो अरू कसैको भन्दा धेरै छ।’
ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औँ राज्य बन्दा करमा ६० प्रतिशतभन्दा बढी कटौती हुने बताउँदै आएका थिए । ट्रम्पले केही अघि अमेरिकी सीमाहरूबाट अवैध आप्रवासी र गैरकानुनी रूपमा उत्पादन गरिएको फेन्टेनिल देशमा आउन बन्द नभएसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाइने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प