काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा अमेरिकाको ५१औँ राज्य बन्न सक्ने अभिव्यक्ति दोहोर्याएका छन् । यसो हुनसके क्यानडा चर्को करबाट बच्ने उनको तर्क छ । ‘क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ। हामी यसलाई अब झेल्न सक्दैनौँ’ उनले भने ।
ट्रम्पले अगाडि थपे, ‘तपाईँलाई थाहा छ, म सधैँ भन्ने गर्छु कि क्यानडा एक राज्य बन्न सक्छ। राज्य बन्दा व्यापार घाटा हुने छैन र हामी टारिफ लगाउने छैनौँ ।’उनले वर्षौँदेखि क्यानडासँगको सम्झौता अप्ठ्यारो काम बन्दै आएको तर्क गरे । ‘यो न्यायसंगत छैन कि २०० अर्ब वा २५० अर्ब डलरको व्यापार घाटा होस्। हामीलाई आफ्ना गाडी बनाउन क्यानडा चाहिँदैन’ उनले भने, ‘हामीलाई उनीहरूको तेल र ग्यासको आवश्यकता छैन। हामीसँग यो अरू कसैको भन्दा धेरै छ।’
ट्रम्पले यसअघि पनि क्यानडा अमेरिकाको ५१औँ राज्य बन्दा करमा ६० प्रतिशतभन्दा बढी कटौती हुने बताउँदै आएका थिए । ट्रम्पले केही अघि अमेरिकी सीमाहरूबाट अवैध आप्रवासी र गैरकानुनी रूपमा उत्पादन गरिएको फेन्टेनिल देशमा आउन बन्द नभएसम्म क्यानडाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाइने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प