काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन् ।
चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा विहीबार बेलुका काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो धारणा राखेका हुन् ।
‘असल मित्र र निकट छिमेकीको रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै वृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छ,’ उनले भने, ‘यस सन्दर्भमा नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौं ।
उनले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई पर्यटन प्रवद्र्धनमा महत्वपू्र्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।
नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न सभामुख घिमिरेले आह्वान पनि गरे ।
७०औं वार्षिकोत्सवले नेपाल–चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध एवम् जनस्तरको सम्बन्धलाई समेत थप सुदृढ र विकसित पार्न योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने