भद्रपुर । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म दुई अर्ब १५ करोड ३६ लाख दुई हजार आठ सय ८४ खर्च भएको छ ।
“चालुतर्फ विनियोजित रु १६ अर्ब चार करोड ८९ लाख ४५ हजारमध्ये ४५ दशमलव २६ अर्थात् सात अर्ब २६ करोड ६३ लाख खर्च भएको छ”, उनले भने।
समग्रमा चालु आवको छ महिनामा ४५ दशमलव २६ प्रतिशत अर्थात् नौ अर्ब ४१ करोड ६६ लाख नौ हजार खर्च भएको कोष नियन्त्रक तिम्सिनाले बताए । उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहले पुँजीगत खर्च बढाउन नसकेका हुन् ।
चालु आवको पुस महिनासम्ममा जिल्लाभर रु नौ अर्ब ८८ करोड २६ लाख ७१ हजार चार सय २८ राजस्व संकलन भएको छ । उक्त अवधिमा सबैभन्दा धेरै मेची भन्सार कार्यालयले रु सात अर्ब ५१ करोड ३५ लाख ५५ हजार राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब, आम्दानी कति भयो ?
१० महिनामा प्रदेश सरकारहरूको खर्च १ खर्ब १७ करोड
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब, विकास बजेटभन्दा बढी साँवा ब्याज भुक्तानीमा खर्च