एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौतामा सहमत भएको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । ट्रम्पले केही आदेशमा हस्ताक्षर गरेपछि ओभल अफिसमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
यस क्रममा उनलाई युक्रेन युद्धबारे सोधिएको थियो र यो द्वन्द्वमा चीनले के योगदान दिन सक्छ भन्ने बारेमा पनि सोधिएको थियो । जवाफमा ट्रम्पले चीनको बारेमा भने, ‘रुसमाथि उसको धेरै प्रभाव छ । रूसले चीनलाई ऊर्जा आपूर्ति गर्छ र मैले सुनेको छु कि पुटिन मसँग भेट्न चाहन्छन् ।’
‘यो युद्धलाई अन्त्य गर्नु नै राम्रो हुनेछ, यो बेकारको युद्ध हो ।’ अझ अगाडि उनले भने । यदि भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध समाप्त गरेनन् भने, उनले रुसमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पले हालै चेतावनी दिएका थिए । युद्ध अन्त्य गर्न दबाब दिएर पुटिनमाथि उल्टै कृपा गरिरहेका पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका थिए ।
यसको जवाफमा रुसले चाँहि समान सर्तहरूमा र पारस्परिक सम्मानका साथ वार्ताका लागि तयार रहेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ११ माघ २०८१, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
युक्रेनबारे ट्रम्प–पुटिन भेटवार्ता आज
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक
ट्रम्प–पुटिन भेटवार्ता हुने निश्चित, युक्रेन युद्ध अन्त्यबारे छलफल हुने
अमेरिकामा रुसी रसायन र किटनाशक औषधि आयातबारे केही थाहा छैन : ट्रम्प