गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको अनुमान गरिएको छ।
आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए।
त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ। सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा आगलागी, आठ घर जलेर खरानी
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
बालुवा बोकेको टिपरमा आगलागी
आगलागीमा परेर ७२ वर्षीय वृद्धको मृत्यु
जर्मनीको एक अस्पतालमा आगलागी, ३ जनाको मृत्यु
घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको मृत्यु