एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो भड्किएको छ ।
अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ । यो आगलागी कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।
डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । डढेलोका कारण अहिलेसम्म कुनै पनि घरमा क्षति भएको छैन । तर आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ ।
क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० माघ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
चितवनमा ५ हजार हेक्टर वन क्षेत्रमा डढेलो
वनमा लागेको डढेलोमा परी युवतीको मृत्यु, चार घाइते
वन पैदावार उपयोग नहुँदा बढ्दै डढेलोको जोखिम
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो