एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध विराम गर्न पहल नगरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। उनले रुस-युक्रेन युद्धको विषयमा यस्तो बताएका हुन्।
ट्रम्पले हाउथीलाई वैदेशिक आतङ्कवादी सङ्गठन ठहर गरेका छन्। हाउथी यमनमा इरानको सहयोगमा सञ्चालित सैन्य समूह हो। यमन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका धेरै आक्रमणमा हाउथी जिम्मेवार छ।
त्यसैगरी ट्रम्पले दक्षिणी सीमामा १५ सय सेना परिचालन गरेका छन्। तत्कालका लागि ती सेना कानुन उपयोग गर्नका लागि नभई भौतिक संरचना निर्माणमा सक्रिय रहने जनाइएको छ।
अमेरिकी संसद्ले ल्याएको नयाँ आप्रवासी विधेयक पारित गरेको छ। सो विधेयक २६३-१५६ मतले पारित भएको हो।
ट्रम्पले अमेरिका कुनै पनि किसिमका शरणार्थीका लागि प्रवेश निषेध गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० माघ २०८१, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?