काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति फेर्नका लागि तीन वटा बाटो रहेको बताएका छन् ।
संविधानमै लेख्ने, प्रतिनिधिसभा नियमावली संशोधन गर्न सकिने वा राजनीतिक दलका शीर्ष तहमा छलफल भएपछि मात्रै लेखा समितिको सभापति फेर्न सकिने उनको भनाइ छ ।
मंगलबार बसेको लेखा समितिको बैठकमा विपक्षी दलहरूले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । यसअघि पनि विपक्षी दलहरूले सरकारको नेतृत्वकर्ता दल एमालेका सांसद लेखा समितिको सभापतिमा रहन नमिल्ने भनेर प्रश्न उठाउँदै आएका थिए ।
मंगलबार पनि दोहोर्याएपछि एमाले सचिव भट्टराईले लेखा समितिको सभापति प्रतिपक्षको हुने भनेर संविधानमै लेख्ने, प्रतिनिधिसभा नियमावली फेर्ने वा राजनीतिक सहमति गर्नुपर्ने विकल्प देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई