काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसदीय समितिलाई बन्दी बनाउन नहुने बताएका छन् । मङ्गलवार समितिको बैठकमा बोल्दै उनले लेखा समितिले सरकारको छायाको रूपमा काम गरेको आरोप लगाए ।
भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने कुरा मात्रै उल्लेख भएको भन्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा प्रश्न उठाए । साथै आइपीओ प्रिमियममा निकाल्न पाउने व्यवस्था त्यसमा भएको भन्दै उनले घाटमा गएका कम्पनीले पनि आइपीओ निकाले जनता मारमा पर्ने बताए ।
साथै लेखा समितिले गरेका निर्णय र निर्देशन के भएका छन् भन्ने कुनै जानकारी नपाइएको भन्दै उनले सत्ता पक्षको सभापति हुँदा नहुने रहिछ भन्ने यहीबाट पुष्टि भएको शर्माले बताए । उनले लेखा समितिको सभापति विपक्षीलाई दिन पनि माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने