जनकपुर । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन्।
गएराति स्वास्थ्यमन्त्री सिंह सवार मधेस प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी खानेपानी डिभिजन कार्यालयको मधेस प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एसपी तिवारीका अनुसार मन्त्री सिंहसहित तीनैजनाको अवस्था सामान्य रहेको छ ।
उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन्। गएराति करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुई गाडी आपसमा ठोकिएका हुन्।
दुर्घटनामा मन्त्री सवार गाडीका चालक र सुरक्षाकर्मी पनि घाइते भएका एसपी तिवारीले बताए। दुर्घटनामा परेकाे गाडीकाे अगाडिकाे भागमा क्षति पुगेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु