भोजपुर। भोजपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका- ८ पात्लेपानीका ४५ वर्षीय भक्तबहादुर थापा छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ