तेल अभिभ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा तीन बन्धकलाई रिहा गर्ने भएको छ ।
आइतबार हमासले पहिलो चरणमा रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । टेलिग्राममा सार्वजनिक गरिएको पोस्टमा हमासले ती तीन जनाको नाम उल्लेख गरेको छ ।
जस अनुसार २४ वर्षीय रोमी गोनेन, २८ वर्षीय एमिली डमारी र ३१ वर्षीय डोरेन स्टीनब्रेचर पहिलो चरणमा हमासको कब्जाबाट मुक्त हुने छन् । तीमध्ये एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता छ ।
युद्धविराम सम्झौता अनुसार बन्धक तथा कैदी रिहाइको बारेमा २४ घण्टा अघि नै नाम सार्वजनिक गर्नुपर्ने भनिएको छ । सोही अनुसार हमासले पहिलो चरणमा रिहा गर्ने तीन जनाको नाम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो