काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारमा बस्ने छ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूचि छ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्तासँग छलफल गर्ने कायैसूचि छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची