सामाजिक अभियन्ता डा. निकोलस भुसाल प्रहरीको न्यायिक हिरासतमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०८१, ०८ : १०
सामाजिक अभियन्ता डा. निकोलस भुसाल प्रहरीको न्यायिक हिरासतमा

काठमाडौ । सामाजिक अभियन्ता डा. निकोलस भुसाल प्रहरीको न्यायिक हिरासतमा पुगेका छन् । 

यसअघि दायर भएको विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आदेश दिन समय अभाव भएको मुद्दा हेर्दाहेर्दैमा राखेपछि डा. निकोलस प्रहरीकै नियन्त्रणमा रहेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

डा. निकोलसलाई शुक्रबार फेरि अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई यसअघि नै प्रहरीले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाएर हिरासतमा लिन चाहेको थियो । 

कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले डा.भुषाललाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस