काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो सदस्य भए कारबाही गर्ने जनाएको छ ।
बुधबार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आज थुनछेक बहस भएको थियो ।
त्रिपाठी माथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने