काठमाडौँ । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालीन अनमिनका नेपाल प्रमुख ईयान मार्टीनसँग लण्डनमा भेट गरेका छन् । मार्टीनले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार भेटघाटका क्रममा मार्टीनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिएका छन् ।
मार्टीनले शान्ति प्रक्रिया जस्तो विषयलाई लामो समयसम्म राख्न नहुने तथा तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने मार्टीनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि