काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणका प्रतिवादी लामिछानेको थुनछेक बहस सोमबार पनि नसकिएले आज पनि हुन लागेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दका अनुसार सोमबार सरकारी वकिल र जाहेरवाला पक्षको मात्र बहस भएकाले प्रतिवादीको तर्फबाट बहस हुन सकेको थिएन ।
बुधबार लामिछानेको तर्फबाट बहस भएपछि उक्त मुद्दामा थुनछेक आदेश हुने उनले बताए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक हुँदै अँएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट