काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ ।‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्यो,’ सचिव पौडेलले भने, ‘बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।’
पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे ।
‘उहाँ यसअघिका बैठकमा आमन्त्रित सदस्य मात्रै भएर आउनुभएको हो,’ पौडेलले भने, ‘अहिले नै उहाँबारे अरु केही निर्णय हुँदैन ।’पासाङ पार्टीको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए ।
पूर्वउपराष्ट्रपति भइसकेको मान्छे पुनः राजनीतिमा सक्रिय भएको भन्दै केन्द्रीय समिति बैठकमै नेताहरूले आलोचना गरेका थिए । आलोचनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङको आफ्नै चाहनामा बैठकमा आएको स्पष्टीकरण नै दिनपरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने
माओवादीले रोकेको मध्यपहाडी लोकमार्गको अभियान भदौ १५ बाट सुरु हुने
विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रमा सहमति
गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड