काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ । पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ । त्यसैले एक–दुई दिनमै वार्डमा सार्न सकिन्छ भनेर डाक्टरहरुले भन्नु भएको छ ।’
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ‘बेला-बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।
७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोहन वैद्यले पदबाट दिए राजीनामा, महासचिवमा सीपी गजुरेल नियुक्त
मोहन वैद्यको पार्टीले भन्यो– प्रधानमन्त्रीले भारत भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न सक्छन्
प्रचण्डले लिए मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
राजावादीहरूले मैले जीवनभर गरेको संघर्षमाथि आक्रमण गरे : मोहन वैद्य
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप