काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भर्खरै लामिछानेको बयान भएको हो । अब थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुनेछ । त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् । कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने