एजेन्सी । हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकभन्दा पनि धेरै प्यालेस्टिनीले गाजामा ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । द लानसेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले यो दाबी गरेको हो ।
बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ मा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका ९ महिना अवधि समावेश छ । यस अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भे र ओबिचुरीलाई आधार बनाइएको थियो ।
अध्ययनमा ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । यो आधिकारिक तथ्यांकभन्दा ४१ प्रतिशतले बढी हो ।
बेलायतमा रहेको इजरायली राजदूतावासले गाजाबाट प्राप्त कुनै पनि तथ्यांकलाई विश्वास गर्न नसकिने र यसले हमासलाई फाइदा पुर्याउने टिप्पणी गरेको छ । तर, संयुक्त राष्ट्रसंघले मन्त्रालयको तथ्यांकलाई नै आधिकारिक मान्ने गरेको छ ।
मन्त्रालयको तथ्यांकमा हमास विद्रोही र सर्वसाधारण भनेर छुट्टाइएको हुँदैन । तर, राष्ट्रसंघको हालैको एक रिपोर्टमा ६ महिनामा मारिने अधिकांश महिला र बालबालिका रहेको उल्लेख गरिएको थियो ।
इजरायलले भने हमासको तथ्यांकमा विश्वास गर्न नसकिने बताउँदै इजरायली डिफेन्स फोर्सले १७ हजार आतंकवादीलाई सफाया गरेको दाबी गरेको छ । यद्यपि, उसले यो तथ्याङ्क कहाँबाट ल्यायो भन्ने चाहिँ खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली बन्दुकधारीको आक्रमणमा परि गाजामा १२० जनाको मृत्यु
मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
त्रिभुवन विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ
गाजामा भागदौड हुँदा २१ जनाको मृत्यु
गाजाको मानवीय अवस्था अहिलेसम्मकै गम्भीर : राष्ट्रसंघ