काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि (२७ पुस)मा गर्ने चियापानका लागि राज्यका सबै अंगका प्रमुखहरूलाई आमन्त्रण गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शनिबार चियापान गर्न लागेको हो ।
चियापान अघि शनिबार विहान १० बजे दरबारमार्गको महेन्द्रशालिकमा भेला भई सिंहदरबारको पश्चिम गेट नजिक रहेको पृथ्वी शाालिकसम्म राप्रपाले र्याली निकाल्ने भएको छ ।
‘दरबारमार्गबाट बिहान एकता र्याली पृथ्वी शालिक पुगेर माल्यार्पण गर्छौं । १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा चियापान कार्यक्रम छ,’ राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने ।
चियापानका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भेटेर निम्ता गरेका छन् । ‘प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, प्रतिनिधि र राष्ट्रिय सभा अध्यक्ष, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेशा व्यवसायका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई बोलाएका छौं,’ श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग