विविश्वभर यसरी स्वागत गरियो सन् २०१८ लाई (फोटोफिचर)

एजेन्सी

सोमबार, १७ पुस २०७४, १२ : ४२
विविश्वभर यसरी स्वागत गरियो सन् २०१८ लाई (फोटोफिचर)

चितवन । ग्रेगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

नयाँ वर्षलाई विश्वभर आतिशबाजीका साथ स्वागत गरिएको छ । उत्तर कोरियादेखि अस्ट्रेलिया, जर्मनीदेखि अमेरिकासम्म विभिन्न कार्यक्रम गरेर नयाँ वर्षलाई स्वागत गरियो । नेपालमा समेत नयाँ वर्षको इभमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

हेरौँ नयाँ वर्षलाई स्वागत गरिएका विश्वभरका तस्विरहरु :मर्मतको काम भइरहेको लण्डनको बिग बेनमा पनि आतसबाजी गरिएको थियो।

स्कट्ल्याण्डको एडिनवारा शहरमा पनि भव्य आतसबाजी गरिएका थिए।

चीनको बेइजिङलाई पनि अंग्रेजी नयाँ वर्ष समारोहले छोपेको थियो।

दुबईस्थित संसारकै अग्लो बुर्ज खलिफा टावरलाई लेजरमार्फत रंगीबिरंगी प्रकाशले सजाइएको थियो।

प्यारिसको आतसबाजी हेर्न सयौँ मानिसहरु भेला भएका थिए।

नयाँ दिल्लीमा अंग्रेजी नयाँ वर्ष मनाउन मानिसहरु इण्डिया गेटमा जम्मा भएका थिए।

अष्ट्रेलियाको सिड्नी हार्वरमा पनि भव्य आतसबाजीसहित नयाँ वर्षको स्वागत गरिएको छ।

प्रतिक्रिया दिनुहोस