काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
बुधबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । अधिवक्ता यज्ञप्रसाद अधिकारीले उनीहरूविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।
२०८० पुस २ गते दर्ता भएको रिट निवेदनमा अहिलेसम्म सुनुवाइ भएको थिएन । गत भदौ ५ गते न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको थियो ।
पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै ती सांसदले संसदमा दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय