प्रधानमन्त्री ओली-ठाकुर भेट आज

पत्रपत्रिकाबाट

आइतबार, ११ कार्तिक २०७५, ०७ : ०७
प्रधानमन्त्री ओली-ठाकुर भेट आज

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन् । 

राजपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् । 

राजपालाई सरकारमा ल्याउने विषयमा पनि भेटका क्रममा छलफल हुने बताइएको छ । पार्टीले संविधान संशोधन र फौजदारी अभियोग लगाइएका निर्वाचित सांसद रेशम चौधरीलाई सपथ गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस